धरान : सुनसरीमा ४८जना सहित प्रदेश १ मा आज २८७ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा १२२, झापामा ६१, सुनसरीमा ४८, संखुवासभामा १५, इलाममा ४, पाँचथर र उदयपुरमा ३-३, भोजपुरमा २, ताप्लेजुङ, खोटाङ र धनकुटामा १-१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा ६१, सुन्दरहरैचामा १७, उर्लाबारीमा १५, बेलबारीमा ७, पथरीशनिश्चरेमा ६, लेटाङमा ४, बुढीगंगामा ३, ग्रामथान र कटहरीमा २-२, धनपालथान, मिक्लाजुङ, सुनबर्षी, कानेपोखरी र केराबारीमा १-१, झापाको हल्दिबारीमा १३, विर्तामोडमा १०, भद्रपुरमा ७, दमकमा ६, कनकाई र कमल गाउँपालिकामा ४-४, शिवसताक्षी, कचनकवल र बाह्रदशीमा ३-३, गौरादह र अर्जुनधारामा २-२, गौरीगञ्ज, बुद्धशान्ति, मेचीनगर र स्थानीय तह नखुलेका १-१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको इटहरीमा २५, इनरुवामा ६, रामधुनीमा ५, धरानमा ४, दुहवीमा ३, बराहक्षेत्रमा २, भोक्राहानरसिंह, हरिनगर र देवानगञ्जमा १-१, संखुवासभाको मकालुमा ८, खाँदबारीमा ७, इलामको इलाम नगरपालिकामा ४, पाँचथरको फिदिम, हिलिहाङ र फालेलुङमा १-१, उदयपुरको त्रियुगामा २, स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर र अरुणमा १-१, ताप्लेजुङको पाथीभरा याङवरक, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र धनकुटाको पाख्रिवासमा १-१ र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ८२० पुगेको छ ।
प्रदेश १ मा आज १० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट ४-४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ४३७ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार ४११ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३० महिला र १५७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा हालसम्म १ लाख ९४ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।