धरान : प्रदेश १ मा १६५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४६, झापामा २०, संखुवासभामा ९, इलाममा ४, पाँचथरमा ३, धनकुटा, भोजपुर र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको इटहरीमा ३३, धरानमा २२, इनरुवा र दुहवीमा ३-३, बराहक्षेत्रमा २, गढी, रामधुनी, हरिनगर, भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा १-१ र प्रदेश १ बाहिरका ३ जना, मोरंगको विराटनगरमा २८, सुन्दरहरैचामा ५, पथरीशनिश्चरेमा ४, कटहरीमा ३, बेलबारी र बुढीगंगामा २-२, उर्लाबारी र स्थानीय तह नखुलेका १-१, झापाको दमकमा ५, भद्रपुर र विर्तामोडमा ४-४, मेचीनगरमा ३, झापा गाउँपालिकामा २, बुद्धशान्ति र कनकाईमा १-१, संखुवासभाको खाँदबारीमा ८, चैनपुरमा १, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १-१, पाँचथरको फिदिममा २, कुम्वायकमा १, धनकुटामा १, भोजपुरको रामप्रसाद राई गाउँपालिकामा १, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ४१५ पुगेको छ ।
प्रदेश १ मा आज ९७ जना डिस्चार्ज
प्रदेश १ मा आज ९७ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ९१, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४, मेची अस्पताल र विराट मेडिकल कलेजबाट १-१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ३४३ पुगेको छ ।
प्रदेश १ मा आज ८५४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७१ महिला र ९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९७ हजार ६३८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।