धरान : धरान -१६, स्टेडियम लाइन स्थित जेनिथ सेकेण्डरी बोर्डिङ्ग स्कुलले अटिजम जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । 

स्पेसल एजुकेसन सेन्टर, धरान ११ को संयुक्त आयोजनमा र्‍याली कार्यक्रम सम्पन्न गरेको छ । संयुक्त राष्ट्र संघको साधारण सभाले नोभेम्बर १, २००७ मा विशेष प्रस्ताव पास गरेर हरेक वर्षको अप्रिल २ तारिकलाई विश्व अटिजम जनचेतना दिवस विश्वभरि मनाउने उद्घोष गरेको थियो ।   

यस वर्षको नारा कार्यक्षेत्रमै समावेशी शिक्षाका साथ विश्व अटिजम जनचेतना दिवसको अवसरमा चतरा लाइन, छाता चोक हुँदै घण्टाघर पुगेर र्‍याली सम्पन्न भएको थियो । अटिजम भएका बालबालिका आफ्ना अभिभावक सहित, स्पेसल सेन्टरका प्रिन्सिपल सर्जु थापा देवान, शिक्षक शिक्षिका लगायत विभिन्न खेलकुदसँग सम्बन्धित महानुभावहरू सहभागी थिए । 

कार्यक्रममा अटिजम सम्बन्धी जनचेतनामुलुक पर्चा पम्पलेटहरु पनि बाँडिएको थियो । विश्वभरि अप्रिल महिना भरी नै विभिन्न कार्यक्रम गरेर अटिजम जनचेतना फैलाउने गरिन्छ । हाल धरानमा  जेनिथ स्कुलमा मात्र  समावेशी शिक्षा लागु भइरहेको छ । हरेक ६८ जना जन्मेका शिशुहरू मध्ये १ जनालाई अटिजम भएको पाइएको छ ।

नेपालमा करिब ३ लाख अटिजम भएका व्यक्तिहरु भएको अनुमान गरिएको जेनिथ् स्कुलका प्रिन्सिपल सुमन जवेगुले बताए । अटिजमले दिमागमा असर पार्छ जसले गर्दा देखेर सुनेर तथा अनुभव गरेर बुझ्न गाह्रो हुन्छ  । अटिजम प्रभावित व्यक्तिmमा सजिलोसँग सिक्ने क्षमता र सामाजिक असमर्थता हुने देखि लिएर जटिल समस्या समेत हुन सक्छ । समयमै सचेत भई उचित प्रशिक्षण दिएमा महत्त्वपूर्ण उपलब्धि पाउन सक्ने सेन्टरका प्रिन्सिपल सर्जु थापा देवानले बताए । सो कार्यक्रमलाई सुमन जवेगु र सर्जु थापा देवानले सम्बोधन गरेका थिए ।