धरान : विष्णु मेमोरियल स्कुलले विद्यार्थीहरूको अतिरिक्त प्रतिभालाई प्रोत्साहित गर्न उनीहरूले तयार गरेका सांस्कृतिक पर्वहरूका प्रारूप मोडेलको मिनी प्रदर्शनी आयोजना गरेको छ ।

विद्यार्थीहरूले कक्षाकोठामा हासिल गरेका सैद्धान्तिक ज्ञान र सृजनात्मक क्षमतालाई व्यवहारिक रूपमा प्रयोग गर्ने अवसरको रूपमा गत: आइतबार प्रदर्शनी आयोजना गरेको हो ।

उनीहरूलाई दसैँ, तिहार र छटपर्वको बिदाको समयमा परियोजना कार्य तथा मोडेल तयार गर्न दिइएको गृहकार्यको प्रदर्शनी गरिएको विद्यालयले जनाएको छ ।

चाड, पर्वलाई कलात्मक प्रारूपमा उनीहरूले अत्यन्तै मेहनत साथ तयार गरेका परियोजना कार्य तथा मोडेल समावेश गरिएको प्रदर्शनी विद्यालय प्राङ्गणमा गरिएको हो । प्रदर्शनीमा विद्यार्थी र अभिभावकहरूले अवलोकन गरेका थिए ।

सोही अवसरमा विद्यार्थीहरूले लागूऔषध दुव्र्यशानी, बालश्रम र चेलीबेटी बेचबिखन विरुद्धको सचेतनामूलक प्लेकार्ड प्रदर्शन गरे ।  

प्रदर्शनीले विद्यार्थीहरूको आत्मविश्वास बढाएर पठन पाठनमा अझ तन्मय रहने सार्थ उनीहरू सृजनात्मक कार्यमा लाग्न अभिप्रेरणा प्राप्त हुने विश्वास गरिएको विद्यालयले जनाएको छ ।

bishnu memorial mangsir 20 2nd