धरान : पश्चिमी इराक स्थित हवाई अड्डा के अल असद एयरबेसलाई लक्ष्यीत गरेर शनिवार साँझ व्यालिस्टि मिसाइल आक्रमण गरिएको छ । घट्नामा त्यहाँ तैनाथ अमेरिकी निकै सैनिकहरू घाइते भएका छन् ।

अमेरिकी सेनाको केन्द्रीय कमान्डले मिसाइल आक्रमण इरान समर्थित लडाकु समूहबाट भएको बताएको छ । हमलाबाट घाइते अमेरिकी सैनिकहरूको बारेमा जाँच गरिँदै छ । घट्नामा इराकी सेनाको कमसे कम एक जना पनि घाइते भएको बताइएको छ ।

आक्रमण लगत्तै अल असद एयरबेसमा मिसाइल हमला गरेको जिम्मेवारी इस्लामिक रेजिस्टेन्स इराक नाम सङ्गठनले लिएको बिबिसीले जनाएको छ ।

अमेरिकी अनुसन्धान संस्था वासिङ्टन इन्स्टिच्युट फर नियर इस्ट पलिसीका अनुसार उक्त सङ्गठन २०२३ अन्तिमतिर देखा परेको हो । यसमा इराकमा सक्रिय धेरै सशस्त्र समूह संलग्न छन् ।

गएको सातामा पनि उक्त समूहले अमेरिकी सेनाको विरुद्ध पटकपटक हमला गरेको थियो । केही वर्ष देखी विद्रोही समूहले अल असद हवाई अड्डालाई आक्रमणका लक्ष्य बनाउँदै आएको छ ।

शनिवारको आक्रमणमा मिसाइलको धेरै प्रहारलाई आकाशमै रोकी दिएको अमेरिकी सेनाले बताएको छ । केही मिसाइलले भने झुक्किएर एयर बेसलाई क्षति पुराएको अनुमान गरिएको छ ।

गतःवर्ष अक्टोबरमा गाजामा इजरायलले हमला गरेपछि इरानसँग जोडिएका सङ्गठनले इराक र सिरिया स्थित अमेरिकीहरू रहेका ठाउँहरूमा हुँदै आएको आक्रमणहरू मध्ये नयाँ हो ।

केही दिन अघि अमेरिका, ब्रिटेन तथा उनीहरूका सहयोगी देशहरूले यमम स्थित हुती विद्रोहीको ठेगानामा आक्रमण गरेको थियो । हुती विद्रोहीहरू लाल सागरबाट यात्रा गर्ने पानी जहाजलाई ताकेर हमला गरिरहेका थिए ।