विराटनगर : विराटनगरमै मुटु रोग सम्बन्धी उपचारका लागि शैलजा आचार्य हृदय रोग केन्द्र अस्पताल सञ्चालनको सबै तयारी पुरा भएको छ ।

कोसी प्रदेश सरकारले सञ्चालन गर्ने अस्पतालको सोमबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङ्, प्रतिनिधिसभा सदस्य कांंग्रेस नेता शेखर कोइराला र मुख्यमन्त्री केदार कार्कीले संयुक्त रूपमा उद्घाटन गरिने कार्यक्रम छ ।

मुख्यमन्त्री केदार कार्कीको प्रदेश सरकारबाट प्रतिस्थापित चालु आर्थिक वर्षको बजेटमा शैलजा आचार्य हृदय रोग केन्द्र अस्पताल सञ्चालनको व्यवस्था गरिएको हो ।

अस्पताल सञ्चालनका लागि चिकित्सक, उपकरण, भौतिक संरचना लगायतका सम्पूर्ण तयारी पूरा भएको प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले बताइन् ।

प्रतिनिधिसभा सदस्य तथा काँग्रेस नेता कोइराला, मुख्यमन्त्री कार्की, प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य, गणेशराज कार्की लगायतले आज आइतबार तयारीको अनुगमन गरे ।

अनुगमनपछि कोइरालाले हृदय रोग उपचारका लागि शैलजा आचार्य हृदय रोग केन्द्र उपयुक्त भएको बताए । उनले भने, ‘यस अस्पतालले काठमाण्डौं बाहिर हृदय रोग उपचारको ढोका खुलेको छ ।’

sailja mutu rog kendra 2

sailja mutu rog kendra 3