विराटनगर : कोशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु गरेको छ ।

मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका चार वटा निजी अस्पतालसँग आइतबार सम्झौता गरेको हो ।

सम्झौता भएका अस्पतालहरू हाम्रो अस्पताल, विराट शिक्षण अस्पताल, नोबेल शिक्षण अस्पताल, काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ दमकसँग छन् । उक्त अस्पतालहरूले १० वर्ष मुनीका बालबालिकाको उपचार निःशुल्क गर्नेछन् ।

बच्चा अस्पतालमा भर्ना गरेर अभिभावकले ऋण खोज्न जाने दिनको आजबाट कोशी प्रदेशमा अन्त्य भएको मुख्यमन्त्री कार्कीले बताए ।

उनले निजी अस्पताल पनि प्रदेश सरकार मातहतको नै भएकाले बच्चाको उपचारको लागि जुनसुकै उपकरण बिग्रिएको अवस्थामा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बाल मृत्यु दरको तथ्याङ्क अनुसार प्रदेशमा ५ वर्षमुनिका १ हजार बालबालिकामध्ये ३४ जनाको मृत्यु हुने गरेको छ ।