सुनसरी : पत्रकार महासङ्घ र जिल्ला भलिबल सङ्घ बिचको पछिल्लो विवाद बारे पत्रकार महासङ्घ र पत्रकार सम्बद्ध संघसंस्थाहरूले विज्ञप्ति जारी गरेका छन् ।

हालै सम्पन्न राष्ट्रिय भलिबल प्रतियोगिताको समाचार स्थानीय पत्रपत्रिकाले प्रकाशन नगरेको भन्दै भलिबल सङ्घका अध्यक्ष मेदिनी घिमिरेले फेसबुकमा लेखेपछि विवाद सुरु भएको हो ।

उक्त पाेष्ट पछि जिल्लाका पत्रकारहरूले समाचार लेखनमा कुनै कन्जुस्याइँ नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए । पछि अध्यक्ष घिमिरेले पाेष्ट सम्पादन गर्दै स्थानीय पत्रिका पाख्रिबास साप्ताहिकले समाचार प्रकाशन नगरेको बताएका थिए ।

यसपछि जिल्ला भलिबल सङ्घले आयोजना गरेको आय व्यय सार्वजनिक गर्ने कार्यक्रम स्थलमा नजाने बरु पत्रकार महासङ्घको कार्यालयमा नै कार्यक्रम गरेर सार्वजनिक गर्न भनेको थियो ।

महासङ्घ र भलिबल सङ्घ दुवैले भनेको ठाउँमा नगएपछि फेसबुकबाट नै विवरण सार्वजनिक गरिएको थियो । विवरणसँगै भलिबल सङ्घले विवादको विषयमा विज्ञप्ति जारी गरेको थियो ।

महासङ्घ र पत्रकार सम्बद्ध संस्थाहरूले भलिबल सङ्घले आयोजना गरेको कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको हो । यसैबिच प्रेस युनियन, चौतारी र प्रेस सेन्टर नेपालले आर्थिक हिनामिनाको छानबिन हुनुपर्ने माग गरेका छन् ।

Nepal-Patrakar-mahasang