धरान : अफगानिस्तानको बगलान प्रान्तमा शुक्रवार राती देखी आएको विशाल बाढीले २ हजार भन्दा बढी घर बगाएको छ ।

बाढीको चपेटामा मृत्यु हुनेको सङ्ख्या तालिबान अधिकारीहरूले १५० जनाको मृत्यु भएको बताएको छ । तर मानविइ उद्धार सङ्गठन 'वर्ल्ड फुड'ले भने मृत्यु हुनेको सङ्ख्या ३०० बढी भएको जनाएको बिबिसीको समाचारमा उल्लेख छ ।

बाढीमा मृत्यु हुनेको सङ्ख्या अरू बढ्ने अनुमान गरिएको छ । बगलान प्रान्तमा बाढीबाट ५ जिल्ला बाटीबाट प्रभावित भएको हो । बाढीको विनाश लीला अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

'वर्ल्ड फुड'का अनुसार बाढीले अहिले सम्म २ हजार ११ घर पूर्ण रूपमा नष्ट गरेको र २ हजार ८ सय घरलाई क्षतिग्रस्त बनाएको छ । बाढीले ३ वटा मस्जिद ४ वटा स्कुलले नोक्सानी पुराएको बिबिसीले जनाएको छ ।