धरान : नयाँ स्टाइल र पावरको प्रतीक भिभो वाई २८ ले नेपाली बजारमा लोकप्रियता हासिल गरिरहेको छ । १५ दिन अघि मात्रै लन्च गरिएको यो स्मार्टफोन अहिले नै अत्यन्त लोकप्रिय भइसकेको छ ।

भिभोको अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइनमार्फत एकैदिन बिक्रीमा आएको भिभो वाई २८ ले यस सेगमेन्टमा निर्विवाद ब्याट्री को बादशाह को रूपमा आफ्नो स्थितिलाई बलियो बनाउँदै पहिले नै लोकप्रियता हासिल गरेको छ ।

आजको युवापुस्ताहरूको गतिशील जीवनशैलीलाई ध्यानमा राखी डिजाइन गरिएको भिभो वाई २८ ले आफ्नो लक्षित दर्शकसँग राम्रो सँग समन्वय गरिरहेको छ । यसको स्लिक डिजाइन, शक्तिशाली ६००० एमएएच ब्याट्री र छिटो चार्ज हुने ४४ वाट फ्ल्यास चार्ज प्रविधिले यसलाई ती मानिसहरूको पहिलो रोजाइको स्मार्टफोन बनाएको छ जसले आफ्नो तीव्र गतिमा चल्ने जीवनसँग मेल खाने स्मार्टफोन खोजिरहेका छन् ।

८+८ जीबीको एक्सटेन्डेड र्‍याम र १२८ जीबी र २५६ जीबीको ठुलो भण्डारण क्षमता विकल्पहरूको साथ भिभो वाई २८ ले निरन्तर मल्टीटास्किंग, ल्याग-फ्री प्रदर्शन, र तपाईँको मन पर्ने एपहरू, फोटोहरू, र भिडियोहरूको लागि पर्याप्त ठाउँ सुनिश्चित गर्दछ । भिभो वाई २८ ले धुलो र स्प्ल्यास प्रतिरोधको लागि आई पी ६४ रेटिङको साथ साथै उल्लेखनीय चार वर्षको ब्याट्री हेल्थ ग्यारेन्टी दिइएको छ , जसले १६०० चार्ज साइकल पछि पनि कम्तीमा ८० % क्षमताको साथ ब्याट्रीलाई मजबुत राख्दछ ।

९० हर्ट्ज रिफ्रेश रेट र हाई ब्राइटनेस मोड भएको सनलाइट आई प्रोटेक्शन स्क्रिनले स्पष्ट दृश्यहरू प्रदान गर्दछ, जबकि ३००% अडियो बूस्टरको साथ डुअल स्टीरियो स्पिकरहरूले इमर्सिभ अडियो अनुभव प्रदान गर्दछ । ५० एमपी एचडी मुख्य क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेराले औरा स्क्रिन लाइटको साथ कुनै पनि प्रकाश स्थितिमा उत्कृष्ट फोटो र सेल्फीहरू खिच्छ ।

दुई स्टोरेज भेरियन्ट-८+१२८ जीबीको मुल्य २४,९९९ मा र ८+२५६ जीबीको मुल्य २६,९९९ मा उपलब्ध छ । भिभो वाई २८ एक आकर्षक डिजाइन, शक्तिशाली कार्यसम्पादन र प्रभावशाली विशेषताहरूको मिश्रण मात्र नभई युवा र ट्रेन्डसेटिङ टेक्नोलोजीको आइकनिक प्रतीक हो ।

VIVO-Y28