विराटनगर : राष्ट्रिय शैक्षिक परामर्श सङ्घ कोशी प्रदेशले विराटनगर महानगरपालिकाका बाढीपीडितका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । 
सङ्घको ६औँ वार्षिकोत्सवका अवसरमा महानगरका मेयर नागेश कोइरालालाई ५० हजार ५ सय ५५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।
वडा नम्बर ८ का अध्यक्ष राम पोखरेलसमेतको उपस्थितिमा मेयर कोइरालालाई सङ्घका प्रदेश अध्यक्ष सन्तोष कुरुङ्वाङ, सचिव नरेन्द्र दंगाल, संस्थापक अध्यक्ष मोहन तिगेला, सल्लाहकार टीका ढकाललगायतले चेक हस्तान्तरण गरेका थिए । वार्षिकोत्सवका अवसरमा गरिने कार्यक्रममा लाग्ने खर्च यस पटक बाढीपीडितका लागि सहयोग गरेको सङ्घका सल्लाहकार टीका ढकालले जानकारी दिए ।
वडा नम्बर ८ मा छुट्टै राहत कोष स्थापना गरेर सोही कोषमा सो रकम जम्मा गरिनेछ । वडा नम्बर ८ का बाढीपीडितका लागि खर्च गर्ने गरी सहयोग प्रदान गरेकोमा मेयर कोइरालाले सङ्घलाई धन्यवाद ज्ञापन गरेका थिए ।