धरान : इलाका प्रहरी कार्यालयले सामाजिक सञ्जालको बढ्दो प्रयोगबाट हुने लैङ्गिक हिंसा सम्बन्धी साइबर अपराधबारे धरान-१२ स्थित पब्लिक हाई स्कुलका विद्यार्थीहरूलाई अनुशिक्षण दिएको छ ।
विद्यालय तहमा लैङ्गिक हिंसा विरुद्ध १८ दिने अभियान कार्यक्रमको रूपमा विद्यार्थीलाई सचेतना मूलक अनुशिक्षण दिइएको हो ।
विद्यालयको सभा हलमा बिहीबार भएको कार्यक्रममा प्रहरी निरीक्षक कोमल ठाकुरले सहजीकरण गरेका थिए । विद्यार्थीलाई साइवर अपराधका साथै बालविवाह रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना पनि गराइएको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय, धरानका डिएसपी प्रकाश जवेगुले भने, लैङ्गिक हिंसा अन्त्य गर्ने प्रतिबद्धता सहित सामाजिक ऐक्यबद्धता कायम गर्न सरकारको अभियान अनुसार सचेतना सञ्चालन गरिएको बताए ।
प्रधानाध्यापक डा. इन्द्र मोहन झा, विद्यालय इन्चार्ज वीरेन्द्रबहादुर साह, साइन्स, इलेक्ट्रिकल इन्चार्ज मोहन श्रेष्ठले विद्यालयमा गरिएका अतिरिक्त गतिविधिले विद्यार्थीहरूको पढाइप्रति रुचि बढाउन सहयोग पुग्ने बताए ।
कार्यक्रममा कक्षा ९ र १० का १०३ जना विद्यार्थीको सहभागी थिए ।