विराटनगर : विराटनगरमा महानगरपालिका शिक्षा महाशाखाद्वारा सञ्चालित कक्षा ८ को महानगरव्यापी परीक्षा व्यवस्थित र मर्यादित रूपमा सञ्चालन भइरहेको बताइएको छ ।
परीक्षा सञ्चालन भइरहेको विद्यालयहरूमा स्थलगत अनुगमन गरेपछि मेयर नागेश कोइरालाले उक्त प्रतिक्रिया दिएका हुन । परीक्षा आइतबार देखी सुरु भएको हो ।

शिक्षा अधिकृत कृष्ण भट्टराई, शिक्षा समितिका सदस्य रमानाथ भट्टराई, प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ सहित सोमवार मेयर कोइरालाले विभिन्न विद्यालयमा परीक्षाको अनुगमन गरेका छन् ।
मेयर कोइरालाले भने ‘परीक्षा एकदमै व्यवस्थित र मर्यादित रूपमा सञ्चालन भइरहेको पाएको छु ।’ महानगरपालिकामा सञ्चालित ३५ सामुदायिक, ८४ संस्थागत समेत ११९ वटा विद्यालयका ५ हजार ४९९ जना विद्यार्थी परीक्षामा सहभागी छन् ।