धरान : रोजवर्ड मन्टेश्वरी एण्ड ट्रेनिङ सेन्टर दसौँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा शनिवार मन्टेश्वरीका बालबालिकाहरू सहित वार्षिकोत्सव आयोजना गरिएको थियो ।

धरान-१६ स्थित मन्टेश्वरी परिसरमा आयोजित वार्षिकोत्सवमा बालबालिकाहरूले नाटक र नृत्यहरू प्रस्तुत गरे ।

विद्यार्थीहरूबाट अभिभावकले नानीहरूलाई घरमा गर्नुपर्ने व्यवहार र समाजमा असल नागरिकले खेल्नुपर्ने पारिवारिक व्यवहार र वातावरणका विषयमा नाटक प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम वेघाले खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरे ।

प्राइमरीबाट उत्तीर्ण भई कक्षा १ मा गएका १३ जना विद्यार्थीलाई दीक्षित गरिएको थियो । दीक्षित विद्यार्थीहरूलाई वेघाले मेडल पहिराए ।

मन्टेश्वरीमा १०० जना भन्दा बढी विद्यार्थीहरू रहेको मन्टेश्वरीका सहनिर्देशक राजेन्द्र गिरीले बताएका छन् । 

सञ्चारकर्मी तीर्थ कार्कीले विद्यार्थीहरूका प्रतिभाको प्रशंसा गर्दै उज्वल भविष्यको कामना गरे । कार्यक्रमको सञ्चालन मन्टेश्वरी सञ्चालक दीपक घिमिरेले गरेका थिए ।

Rosebud-montesory-02