झापा : दमक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः गोपाल गुरागाईँ निर्वाचित भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा भगवान् बस्नेत विजयी भए भने प्रथम उपाध्यक्षमा रुबल अधिकारी निर्वाचित भएका छन् । यसैगरी द्वितीय उपाध्यक्षमा टिकाराम खतिवडा निर्वाचित हुँदा तृतीय उपाध्यक्षमा सुवास गड्तौला निर्वाचित भए ।
यसैगरि महिला उपाध्यक्षमा सङ्गीता तुम्बापो विजयी भइन । यस्तै, कार्यसमिति सदस्य खुल्ला तर्फ कुल बहादुर श्रेष्ठ, कुमार श्रेष्ठ, चिरन न्यौपाने, टङ्क प्रसाद आचार्य, भरत दुलाल र सहदेब भट्टराई विजयी भएका छन् ।
कार्य समिति सदस्य बस्तुगत तर्फ कृष्णराज दाहाल, खेमराज पाण्डे, गोकुल खड्का, टङ्कप्रसाद ढकाल, डुका कुमाल, बुद्धि शेखर बजगाईँ र हेमसागर अधिकारी विजयी भएका छन् ।
कार्य समिति सदस्य महिला तर्फ उर्मिला गुरुङ र सङ्गीता प्रसाईँ निरौला विजयी भएका छन् भने  लेखा समिति संयोजकमा भेनस श्रेष्ठ निर्वाचित हुँदा सदस्यहरूमा राजुकमार अधिकारी र रूपक सापकोटा विजयी भएको निर्वाचन समिति संयोजक लीला गुरागाईँले जानकारी दिए ।