वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं ७ तित्रीगाछिमा रहेको महेन्द्र माध्यमिक विद्यालयले ५३ औँ वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस कार्यक्रम आयोजना गरेको छ ।
बिहीबार विद्यालयले औपचारिक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नगर प्रमुख रमेश कार्कीको प्रमुख अतिथ्यता रहेको थियो ।
कार्यक्रममा नगर उप- प्रमुख नन्दकुमारी सुनुवार, वडा नं-७ का अध्यक्ष कपिल आचार्य, विद्यालयका पूर्व-प्रधानाध्यापक काशीनाथ बराल, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिवस कुबेर , नगर शिक्षा विकास समितिका सदस्य ज्ञानबहादुर पाण्डे, गोकुल गुरागाईँ, सप्तकोसी बहुमुखी क्याम्पसका प्रमुख सुशील कोइराला, शिक्षक महासङ्घ वराहक्षेत्रका अध्यक्ष ईन्द्र बस्नेत, महेन्द्र मावि चक्रघट्टीका प्रधानाध्यापक चण्डीराज पोखरेल , राजनैतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, विद्यालयका संस्थापकहरू, पूर्व शिक्षकहरू, पूर्व व्यवस्थापन समितिका अध्यक्षहरू, समाजसेवी, चन्दादाता, अक्षयकोष दाताहरूको अतिथ्यता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमनाथ निरौलाको सभाध्यक्षयतामा आयोजना भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक फिरोज घिमिरेले विद्यालयको इतिहास र भावी योजना प्रस्तुत गर्दै विद्यालयको गतिविधि बारे जानकारी तथा आर्थिक वर्ष २०८१/०८२ को आय/व्यय तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय सहायक प्रधानाध्यापक राजेन्द्र बस्नेतले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न जातिका झाँकी, विद्यार्थीहरूले स्वागत नृत्य, सामूहिक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले मार्च पास, झाँकी प्रस्तुत गरेका थिए । कार्यक्रमकै अवसरमा विभिन्न खेलकुद तथा शैक्षिक गतिविधिमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार, छात्रवृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रममा निवर्तमान विद्यालय व्यवस्थापन र निवर्तमान शिक्षक अभिभावक सङ्घका पदाधिकारी,पूर्व शिक्षक,उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी,उत्कृष्ट वर्ष शिक्षक त्यस्तै असल अभिभाव नियमित विद्यालय आउने विद्यार्थी,अक्षयकोष दाताहरूलाई सम्मान गरिएको थियो ।बि.स. २०२९ सालमा स्थापना भएको उक्त विद्यालय वराहक्षेत्र नगरपालिकै प्रतिष्ठित सामुदायिक विद्यालयको रूपमा रहेको छ ।