धरान : धरानमा विद्यार्थी लक्षित गर्दै युनिफर्म हाउस एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा गरिएको छ ।
धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले  युनिफर्म हाउसको उद्घाटन गरेका छन् ।
नयाँ शैक्षिक सत्रका सुरु हुने समयमा धरान १२ छाता चोक विश्राभा कम्प्लेक्सको भुईँ तल्लामा शनिवार ‘युनिफर्म हाउस’ सञ्चालनमा आएको हो । उद्योग १६ जनाको १ करोड रुपैयाँ संयुक्त लगानीमा सुरु गरिएको युनिफर्म हाउसका सचिव राजेन्द्र गुरुङले बताए ।
हाउसमा संस्थागत र सामुदायिक विद्यालयका ड्रेस, झोला, लुगा लगायत विद्यार्थीलाई आवश्यक पर्ने विभिन्न सामग्री उपलब्ध रहेको बताइएको छ। नेपालमै उत्पादन भएका कपडाबाट तयार पारिएका सामाग्रीहरू युनिफर्म हाउसमा उपलब्ध रहेको गुरुङले बताए । हाउसका अध्यक्ष सचिन बराल रहेका छन् ।
उद्घाटनको अवसरमा कावा प्रमुख बेघाले विद्यार्थी वर्गमा लक्षित स्टोरको सफलताको शुभकामना प्रकट गरे । सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गरी ‘बोधित्व गार्मिन्ट’ तथा ‘कुलीन परिवार’को सहकार्यमा युनिफर्म हाउस गरिएको जनाइएको छ ।
उद्घाटनको अवसरमा सम्पूर्ण सामाग्रीमा २० प्रतिशत छुट गरिएको सञ्चालकले बताए ।
uniform-house-1