धरान : मेघा हिमालयन कलेजको वार्षिक खेलकुद प्रतियोगिता आज मङ्गलवार देखी सुरु भएको छ । धरान-१२ चतरा लाइन स्थित कलेजको खेलकुदमा कक्षा ११ देखी स्नातक तह सम्मका चार सय बढी विद्यार्थी सहभागी हुनेछन् । 
कलेजको खेलकुद सप्ताह आज आयोजित बुद्धिचाल खेल प्रतियोगिताबाट सुरु भएको हो । कलेजका अध्यक्ष कैलाश लिम्बूको सभापतित्वमा भएको उद्घाटन खेलमा महिला र पुरुष गरी १६ जना विद्यार्थी  सहभागी थिए । विभिन्न खेलका प्रतियोगितामा कलेजका ४ सय विद्यार्थी सहभागी हुनेछन् ।
उक्त अवसरमा अध्यक्ष लिम्बुले विद्यार्थीलाई शिक्षा सँगै अतिरिक्त क्रियाकलाप आवश्यक रहेको हुनाले शिक्षा र खेलकुद सहितका क्रियाकलापलाई कलेजले महत्त्वका साथ सँगसँगै अघि बढाउँदै आएको बताए । उनले अतिरिक्त क्रियाकलापका साथै अध्ययनमा उत्कृष्ट एक सय विद्यार्थी लाई छात्रवृत्ति प्रदान गरिने उद्घोष गरेका छन् । 
खेलकुद सप्ताहमा बुद्धिचालका साथै बास्केटबल, फुटसल, ब्याडमिन्टन, टेवलटेनिस र भलिबल प्रतियोगिता आयोजना गरिएको कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिए । कलेजमा ११ कक्षा देखि व्याचलर तह सम्म एक हजार विद्यार्थी छन् । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरूलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।