चतरा : वराहक्षेत्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौलाले ३५ पटक रक्तदान गरेका छन् । शनिवार चक्रघट्टिमा नेपाल मगर सङ्घ वराहक्षेत्र नगर समितिले आयोजना गरेको रक्तदान कार्यक्रम सहभागी भएर सिटौलाले ३५ आ पटक रक्तदान पूरा गरेको जानकारी दिएका छन् । 

झापा मेचीनगर स्थित काकरभिट्टा घर भएका सिटौलाले १९ वर्षको उमेरमा पहिलो पटक रक्तदान गरेको बताए । क्याम्पस पढ्दा पहिलो पटक मेची क्याम्पस भद्रपुर पहिलो पटक रक्तदान गरेको उनले सुनाए ।

हाल वराहक्षेत्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत सिटौला रक्तदान गर्न पाउँदा खुसी लाग्ने गरेको बताउँछन् । 'रक्तदान जीवन दान' भन्ने मन्त्रलाई आत्मसाथ गर्दै उनले विद्यार्थी जीवन र जागिरको सिलसिला र बिरामीलाई प्रत्यक्ष भेटेर नै रक्तदान गर्ने गरेको जानकारी दिए ।