इटहरी : प्रदेश १ को केन्द्रमा रहेको इटहरी व्यवसायीक हिसाबमा उदीयमान सहर हो । पछिल्लो समय बढ्दै गएको व्यवसायीक लगानीको कारण इटहरी चलायमान सहरको रूपमा देखिएको छ । नेपालकै ठुलो भाटभटेनी सुपरमार्केटले इटहरीको आकर्षण थप बढाएको छ । निर्माणाधीन अवस्थामा रहेको गरिमा होटेलको चर्चा छुट्टै छ । 

पूर्व भ्रमणमा आउने आगन्तुकको लागि इटहरी सबैतिरको केन्द्रमा पर्छ । इटहरीमा बसेर पूर्वका सम्पूर्ण गन्तव्यमा पुग्न सकिने सहजता छ । पछिल्लो समय परिष्कृत बन्दै गइरहेको होटेल व्यवसायमा इटहरीले नेतृत्व गरिरहेको छ । हस्पिटालिटिको क्षेत्रमा पूर्वमै अग्रणी मानिन्छ इटहरी । पूर्वमा पहिलो पटक क्याफेको सुरुवात भएको इटहरीमा अहिले २५ वटा भन्दा बढी क्याफे छन् । त्यही मात्रामा रेस्टुरेन्ट र बारहरू छन् । व्यवस्थित होटेल रेस्टुरेन्टले इटहरीलाई चलायमान बनाएको छ । 

पछिल्लो समय खुलेका आकर्षक होटेलहरूले इटहरीको आकर्षण बढाएको छ । पार्किङ सहित उच्च स्तरको सुविधा भएका होटेलको कारण इटहरीमा आगन्तुकको सङ्ख्या बढ्दै गएको छ । 

यी हुन् इटहरीका उत्कृष्ट होटेल :

होटेल बरन्डा 

इटहरीको मुख्य चोकमा रहेको होटेल बरन्डा सेन्ट्रल प्लाजामा अवस्थित छ । सेन्ट्रल प्लाजाको मुख्य आकर्षण मानिएको बरन्डा छोटो समयमै उल्लेख्य प्रगति गर्ने होटेल हो । ग्राहकलाई दिने सेवा सुविधा र बाल्कुनीबाट इटहरीको दृश्य हेर्न पाउनुले बरन्डाको आकर्षण बढेको छ । दुई वटा सेमिनार हल सहितको होटेल इटहरीको सबैभन्दा व्यवस्थित मानिन्छ । अन्डरग्राउन्ड पार्किङको सुविधा रहेको बरन्डा बाहिरबाट आउने मध्यम तथा उच्च वर्गका आगन्तुकको प्रमुख रोजाइमा पर्छ । रेस्टुरेन्टको भव्य हस्पिटालिटिले होटेलको गरिमा बढाएको छ । भ्याट बाहेक ४ हजार ५ सय देखी १२ हजार सम्मका रुम यस होटेलमा पाइन्छन् । जसमा रुममै कफी चिया बनाएर खान पाउने सुविधा उपलब्ध छ भने बिहान दुई जनाको लागि ब्रेकफास्टको सुविधा राखिएको छ । 

मादेन इन् 

maden-innइटहरी चोकबाट १ मिटर पूर्व टेङ्ग्रा खोला देखी ५० मिटर उत्तरमा छ मादेन इन । खुल्ला र शान्त स्थानमा बसेर चिया कफी खान एकदमै रामाईलो वातावरण छ । सेतो कलरको होटेल हर्दा धेरै आकर्षक देखिन्छ । दक्ष जनशक्तिको कारण होटेलको आकर्षण थप बढाएको छ । पार्किङको पर्याप्त सुविधा रहेको मादेन इन पछिल्लो समय इटहरीको आकर्षक होटेलको रूपमा चिनिन्छ । भ्याट सहित २ हजार ८ सय देखी ५ हजार ५ सयका रुम यहाँ उपलब्ध छन् । राती ९ बजेसम्म खुल्ने होटेलले केही समय पछि समयको सीमा बढाउने योजना बनाएको छ । 

गोरखा होटेल 

gorkha-hotel-itahariइटहरीको प्रतिष्ठित व्यापारिक कम्प्लेक्स गोरखा डिपार्टमेन्टको ठिक पछाडि रहेको गोरखा होटेल भव्य र व्यवस्थित छ । सवारी साधन पार्किङ गर्ने पर्याप्त स्थान रहेको गोरखाले आतिथ्य सत्कार र खानेकुराको परिकारमा ध्यान दिएको छ । टप फ्लोरबाट इटहरीको दृश्यावलोकन गर्न सकिने भएकाले धरैको आकर्षणको केन्द्रमा छ गोरखा । ४ हजार देखी १२ हजार सम्मका कोठा उपलब्ध गराएको गोरखाले गुणस्तरीयतामा ध्यान दिएको छ । इटहरीमा ख्याति कमाएको गोरखा डिपार्टमेन्टको सफलताले होटेलको व्यवसायमा थप उन्नयन गरेको छ । 

रोयल रिसोर्ट 

पछिल्लो समय एकदमै व्यवस्थित बन्दै गएको रोयल रिसोर्ट निर्माणाधीन गरिमा होटेल बाट केही उत्तर पूर्वमा पर्छ । खुल्ला वातावरणमा रमाउन सकिन रोयल रिसोर्टले ग्राहकको आवश्यकता र रुचिलाई ध्यान दिएको छ । रोयलले २ हजार देखी ६ हजार सम्मका रुम उपलब्ध गराउँदै आएको छ । रेस्टुरेन्ट र सेमिनार हल सहितको व्यवस्थित रिसोर्ट आकर्षक मध्येको एक हो । गुणस्तरीय सेवा उपलब्ध गराएको रिसोर्टले खानेकुरा देखी सरसफाइमा पुर्णत ध्यान दिएको छ । 

चिन्तन चौतारी

chintan-vhautari-1इटहरीको विराटनगर लाइनमा अवस्थित चिन्तन चौतारी रेस्टुरेन्टको हिसाबमा प्रख्यात छ । खुल्ला वातावरणमा रमाउन सकिन रेस्टुरेन्ट पछिल्लो समय अत्यन्तै चलायमान छ । कलात्मक अकृती सहित हरियाली दृश्यले ग्राहकलाई रिफ्रेस बनाउँछ । स्वागतद्वार देखिनै शिष्ट आतिथ्ययताले प्रफुल्लित तुल्याउँछ । राती ११ बजेसम्म खुल्ला हुने होटेल तथा रेस्टुरेन्टले ग्राहकलाई पहिलो प्राथमिकता दिएको छ । भ्याट बाहेक ३ हजार देखी ४ हजार सम्मका कोठाहरू चिन्तन चौतारीमा उपलब्ध हुन्छन् । जहाँ बिहानै उठेर कफी सँगै रमाइलो वातावरणको मज्जा लिन सकिन्छ । 

होटेल इनटुरिस्ट 

इटहरी सङ्गीत चोकबाट केही पूर्व उपमहानगरपालिका कार्यालय नजिकै अवस्थित छ टुरिस्ट होटेल । होटेलको छेवैमा सुरक्षित पार्किङ स्थल व्यवस्थापन गरिएको छ । पहिलो तल्लामा कफी खाएर रुममा रेस्ट गर्न सकिन्छ । भव्य आतीथ्यता सहित होटेलमा स्वागत गर्ने प्रचलनले ग्राहकलाई लोभ्याउँछ । तालीम प्राप्त सेफ र वेटर्सको सुविधाले खानाको स्वादमा झनै मिठास थपिदिन्छ । लामो समय होटेल व्यवसायमा अनुभवी युवाले सञ्चालन गरेको कारण पनि ग्राहकको रोजाइमा छ टुरिस्ट । २ हजार ५ सय देखी ५ हजार सम्मका कोठामा रमाउन सकिन्छ । औपचारिक कार्यक्रमको लागी प्रोजेक्टर सहितका २ वटा सेमिनार हलले होटेलको गरिमा बढाएको छ । 

त्रियुगा 

त्रियुगा होटेल इटहरीको चर्चित मध्येको एक हो । पश्चिम लाइन साङ्ग्रिला होटेलको ठिक पछाडि पर्ने त्रियुगा सुरक्षित आकर्षक र व्यवस्थित छ । सरकारी तथा गैर सरकारी कार्यक्रमको रोजाइमा पर्ने गरेको त्रियुगा व्यस्त होटेलमा पर्छ । सामान्य अवस्थामा पनि भरिभराउ हुने त्रियुगा समयानुकूल परिष्कृत बन्दै गएको छ । २ हजार देखी ४ हजार ५ सय सम्मको रुममा बिहान ७ देखी राती १२ बजेसम्म सेवा प्रवाह हुन्छ । पर्याप्त पार्किङ भएको कारण पनि होटेलको आकर्षण बढेको हो ।

पाथीभरा 

इटहरी विराटनगर लाइनमा रहेको पाथीभरा होटेल बिस्ट कम्प्लेक्स अवस्थित छ । इन्डियन परिकारको स्वाद पाइने पाथीभराको रेस्टुरेन्टमा भारतीय ग्राहकको आकर्षण बढी देखिन्छ । २ हजार देखी ४ हजार सम्मका कोठा सहित मधुर आतीथ्यताको लागि पाथीभरा आकर्षक मानिन्छ । सडक छेवैमा पार्किङ गर्नुपर्ने भएकाले होटेलले थप व्यवस्थापनको तयारी थालेको छ । १० वर्ष देखी समान गुणस्तरको सेवा प्रवाह गरेको पाथीभरामा सार्वजनिक कार्यक्रमको लागि २ वटा हल उपलब्ध छन् । 

होटेल उत्सव 

इटहरी पूर्व लाइन बुढी खोलाको छेवैमा अवस्थित छ होटेल उत्सव । नेपालको झन्डा भएकैले चर्चा कमाएको उत्सव प्रख्यात होटेल मानिन्छ । पर्याप्त अन्डरग्राउन्ड पार्किङ रहेको उत्सवले विवाह, व्रतबन्ध र पार्टीको लागी ग्राउन्ड फ्लोरमा व्यवस्थापन गरेको छ । सुरुवात देखिनै गुणस्तरीयता कायम गर्दै आएको उत्सव इटहरीको प्रचलित होटेल मध्ये एक हो ।  

इस्टर्न प्यालेस 

hotel-eastern-palace 1इटहरीको सङ्गीत चौक देखी केही उत्तर शान्ति चोकमा अवस्थित होटेल हो इस्टर्न प्यालेस । खुल्ला पार्किङको व्यवस्थापन भएको प्यालेसमा खाना र बस्नको लागी उपयुक्त मानिन्छ । कार्यक्रम आयोजनाको लागी हलको समेत व्यवस्थापन भएको प्यालेसले २ हजार देखी माथिका कोठाहरू उपलब्ध गराउँदै आएको छ । 

त्यस लगायत भर्खर मात्र सञ्चालनमा आएको सङ्गीत चोकमा अवस्थित होटेल इन्दीगो, तिरुपति होटेल तथा धरान लाइनको होटेल प्रिमियर र विराटनगर लाइनको पाथीभर इन पनि इटहरीका प्रचलित र व्यवस्थित होटेल हुन् । ग्राहकको रोजाइमा पर्दै गएका यी होटेलको व्यवस्थापन पनि सोही अनुसार गरिएको छ ।

itahari-hotel-top

in-tourist-+-triyuga

pathivara-+-triyuga