वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत मङ्गलवार भएको पहिलो खेलमा वडा नं. १ विजयी भएको छ।
वडा नं.८ लाई दुई गोलका विरुद्ध चार गोलको अन्तरले पराजित गर्दै वडा नं १ ले प्रतियोगितामा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ । जितसँगै प्रतियोगितामा यस अगाडि एक खेल बराबरी एक हार र एक खेलमा विजयी बनेको वडा नं १ ले प्रतियोगितामा सात अङ्क पुर्‍याएको छ ।
वडा नं ८ को चार खेलमा दुई खेलमा बराबरी, दुई खेलमा पराजित भएसँगै प्रतियोगितामा दुई अङ्क छ ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं १ का प्रशान्त राई  म्यान अफ द म्याच  घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए । मङलवारको दोस्रो खेल वर्षाले प्रभावित भए पछि स्थगित भएको छ ।
प्रतियोगितामा बुधवार पहिलो खेल वडा नं ५ र वडा नं ७  तथा दोस्रो खेल वडा नं ३ र वडा नं ८ का बिच आयोजकले जनाएको छ ।