वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगितामा अन्तर्गत सोमवार भएको खेलमा विजयी हुँदै वडा नं २ तेस्रो भएको छ । वडा नं ७ लाई शून्यको विरुद्ध तीन गोल गर्दै वडा नं.२ विजयी बनेको थियो ।
विजयी बनेसँगै वडा नं २ प्रतियोगिताको तेस्रो हुन सफल बनेको छ। तेस्रो भएको वडा नं.२ ले नगद ५० हजार र चौथो भएको वडा नं ७ ले नगर २५ हजार प्राप्त गर्नेछन् । खेलमा वडा नं.२ का राहुल राई म्यान अफ द म्याच घोषित भएका थिए । उनले नगद २ हजार १ सय सजित ट्रफि प्राप्त गरे ।
प्रतियोगिताको उपाधीकालागि मङ्गलवार वडा नं १ र वडा नं ३ बिच प्रतिस्पर्धा हुनेछ । वडा नं १ ले सेमिफाइनलमा वडा नं. २ लाई र वडा नं. ३ ले वडा नं ७ लाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।
नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिकामा पहिलो पटक लिग फर्म्याटमा सुरु भएको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता ३ पटक विजेता हुने टोलीले चाँदीको सुन्दर ट्रफि आफ्नो स्वामित्वमा पार्नेछ । प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार, उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछन्।