धरान : संयुक्त राष्ट्रसङ्घका ३ सदस्य राष्ट्रहरूले प्यालेस्टाइनलाई छुट्टै देशको मान्यता दिने घोषणा गरेका छन् ।

नर्वे, स्पेन र आयरल्याण्डले औपचारिक रूपमा आउँदो साता प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।

नर्वेका प्रधानमन्त्री जोनस गार स्तोरले घोषणाको तारिख समेत सार्वजनिक गरेका छन् । उनले भनेका छन् 'नर्वेले २८ मईको दिन प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिनेछ ।’

स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले इजरायलले 'दुई राष्ट्र' समाधानको उपायलाई जोखिममा पार्दैछ । प्यालेस्टाइन माथि इजरायलको नीति पिडा र ध्वंस गर्ने बाटोमा गइरहेको छ ।इजरायलले भने तिने देशको भनाइको कडा विरोध गर्दै तिनै देशका राजदूतलाई इजरायलबाट फिर्ता जना आदेश दिएको छ ।

इजरायल सरकारका प्रवक्ताले बीबीसीलाई भने ‘मान्यता दिने बित्तिकै प्यालेस्टाइनलाई मद्दत पुग्छ, इजरायलले केही पाउँदैन ।’

इजरायली विदेशमन्त्री काट्जले भने ‘यो हमासको हत्याराहरूलाई स्वर्ण पदक दिने कुरा जस्तै हो ।’ हमास र प्यालेस्टाइन प्राधिकरणले उक्त ३ देशको घोषणालाई स्वागत गरेका छन ।