धरान : हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले सुनसरी जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै स्कुलले आउँदो पुस १३ र १४ गते प्रतियोगिता गर्ने संयोजक सुवास मोक्तानले बताएका हुन ।

उनका अनुसार सुनसरीका १ सय वटा स्कुलको सहभागितामा हुने प्रतियोगीताका अघिल्ला चरणहरू विभिन्न विद्यालयमा सञ्चालन भई फाइनल हिबिस्कस स्कुल प्राङ्गणमा गरिने छ ।

प्रतियोगिताको पहिलो चरणमा छनौट हुने शीर्ष स्थानका ६ टिमले १३ गते हुने फाइनलमा भाग लिन पाउने छ ।

प्रतियोगितामा विजेताले नगद १५ हजार सहित रनिङ ट्रफि प्राप्त गर्नेछ । उपबिजेता टिमले नगद १० हजार, तेस्रो हुनेले ८ हजार ,चौथोले ६ हजार, पाचौंले ४ हजार पाउने छन् । सान्त्वना पुरस्कार २ हजार छ ।

प्रतियोगिता २०७९ सालबाट सुरु भएको हो । यसअघि अन्तर नगर हाजिरी जवाफ प्रतियोगिता हुँदै आएको थियो । यसपालि जिल्ला स्तरीय प्रतियोगिता गर्ने तयारी रहेको प्रिन्सिपल गङ्गाराम कुलुङ राईले बताए ।