धरान : जिल्ला सहकारी सङ्घ लिमिटेड सुनसरीको अध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन्।
मङ्गलवार इनरुवामा सम्पन्न जिल्ला सहकारी सङ्घ लिमिटेड सुनसरीको ३१औँ वार्षिक साधारण सभा तथा निर्वाचनका क्रममा पदाधिकारी तथा सदस्यहरूको चयन गरिएको हो। श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा काजी गिरी, उपाध्यक्षमा राजेन्द्र प्रसाद मेहता, महिला उपाध्यक्षमा लक्ष्मी प्रधान, सचिवमा उर्मिलादेवी कटुवाल, सहसचिवमा प्रल्हाद दाहाल तथा कोषाध्यक्षमा एकराज दाहाल निर्वाचित भएका छन्।
त्यसैगरी, सदस्यहरूमा पुनीतलाल चौधरी, नवीन सुब्बा, माधव प्रसाद आचार्य, झुमादेवी राई, रुद्र नारायण शाह, लोकमाया तामाङ, राज किशोर मेहता, विनीता दाहाल, उमेश प्रसाद मेहता, सञ्जय कुमार चौधरी, माधव कट्टेल, महेशकुमार रेग्मी, उषा खतिवडा, कृष्ण प्रसाद कट्टेल, शर्मिला राई, खिलानन्द लाल देव तथा रेखा कुमारी गच्छादार रहेका छन्।
लेखा समितितर्फ फणीन्द्र प्रसाद दाहालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ। समितिको सदस्यमा कमला खड्का र यदुनन्दन यादव निर्वाचित भएका छन्।
पद ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सहकारी क्षेत्रको सुदृढीकरण, पारदर्शिता र सदस्य सहकारी संस्थाको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठसहित सम्पूर्ण कार्यसमितिलाई सहकारी कर्मी तथा शुभेच्छुकहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।