सुनसरी : इटहरीमा रहेको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले 'एक्सपर्ट ग्राण्ड एजुकेसन फेयर-२०२२' गर्ने भएको छ । उच्च शिक्षा अध्ययनकालागि अस्ट्रेलिया, क्यानडा, अमेरिका लगायतका देशहरूमा जानचाहने बिद्यार्थीहरूलाइ लक्षित गर्दै  आगामी भदौ ८ गते फेयर आयोजना गरिएको हो । 
आज (सोमबार) पत्रकार सम्मेलन गर्दै बिद्यार्थीहरूलाइ बाहिरी देशका बिश्वबिद्यालयहरूमा अध्ययन गर्न जाँदा ध्यान दिनु पर्ने कुराहरूबारे जानकारी गराउने उद्देश्यले एक दिने एजुकेसन फेयर गर्न लागिएको आयोजक एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज इटहरीका प्रबन्ध निर्देशक भव तिम्सिनाले बताए । 
उनले उक्त एजुकेसन फेयरबाट इटहरी क्षेत्रमा रहेका करिब १ हजार बढी विद्यार्थीहरू लाभान्वित हुने बताए ।  फेयरमा सहभागी विद्यार्थीहरूले बाहिरी देशका विश्वविद्यालयबाट आएका प्रतिनिधीहरूसंग प्रत्यक्ष छलफल गर्न पाउने निर्देशक तिम्सिनाले जानकारी दिए। 
एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले बाहिरी देश अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई परामर्श प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले प्रत्येक वर्ष विभिन्न फेयर तथा सेमिनारहरू आयोजना गर्दै आएको छ । अस्ट्रेलियामा भएका सरकारी तवरका ३८ वटा युनिभर्सिटीमध्ये २८ वटा युनिभर्सिटीमा एक्सपर्टको सम्बन्धन प्राप्त भएको र एक्सपर्टले विगत १९ वर्षदेखि सेवा प्रदान गरिरहेको निर्देशक तिम्सिनाले जानकारी दिए ।
 अस्ट्रेलियाको शिक्षा नीति राम्रो भएको साथै १ सय ९० देशका मानिस अस्ट्रेलियामा पढ्नकालागी आउने बताउँदै त्यहाँको शिक्षा नीतिले २ वर्ष पढाइ सकेपछि थप ४ वर्षसम्म पढ्न र काम गर्न अनुमति पाइने भएकाले नेपाली विद्यार्थीको पहिलो रोजाइ अस्ट्रेलिया बन्ने गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।   
एक्सपर्टले नेपालभरि र अस्ट्रेलियामा पनि सेवा प्रदान गरिरहेको छ । नेपालका प्रमुख २१ सहरहरू तथा विश्वका १३ देशका ५० भन्दा बढी सहरहरूमा शाखाहरू सञ्चालनमा रहेको एक्सपर्टले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई विगत दुई दशकदेखि आधिकारिक र विश्वसनीय परामर्श प्रदान गर्दै आएको दाबी गरेको छ । 
बुधवार आयोजना गर्न लागेको एजुकेसन फेयरमा १००० बढी विद्यार्थी आउने आयोजकको दाबी छ। एक्सपर्टको इटहरी शाखाले मात्र एक हजार भन्दा बढी विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि परामर्श प्रदान गरिसकेको बताएको छ ।