विराटनगर : पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साबिक विजेता सशस्त्र प्रहरी बल (एपीएफ)  सातौँ संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । 
विराटनगरस्थित सहिद मैदानमा शनिवार राती भएको तेस्रो क्वाटरफाइनल खेलमा भुटानलाई २-१ गोलले हराउँदै एसपीएफ अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
जितको लागि एपीएफको तर्फबाट सविन थापा र अरमान्द्र वेडमले गोल गरेका थिए । भुटानको तर्फबाट सान्त्वना गोल फोफोना इब्रहीम फर्काए ।
जितसँगै एपीएफले आइतबार अन्तिम क्वाटरफाइनल भारतको लुका सकर र ए डिभिजन टिम सङ्कटा क्लब बिचको विजेता टिमसँग खेल्नेछ ।
खेल सुरु भएको तेस्रो मिनेटमा एपीएफका सविन थापाले गोल गरी टिमलाई अग्रता दिए । सविन थापाले ३० यार्डदेखि निकालिदिएको पास युवराज खड्काले हेडमार्फत गोलमा परिणत गरे । एपीएफको अग्रता खेल सुरु भएको आधा घण्टा पनि टिक्न नपाउँदै ३३ औँ मिनेटमा भुटानका फोफोना इब्रहीम गोल गरी खेल १-१ बराबरीमा ल्याए । कप्तान स्याङगे दोर्जीले निकालेको पास फोफोनाले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुम्यो । 
पहिलो हाफसम्म १/१ गोलको बराबरी भयो । दोस्रो हाफदेखि एपीएफले आक्रामक खेल पस्कियो । इन्जुरी समयमा पेनाल्टी एरियामा भुटानका खेलाडी कान्टे मुसाको हेन्ड भएपछि एपीएफले पेनाल्टी पाएको थियो । पेनाल्टीमा एपीएफका अरमान्द्र वेडमलले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए । हेन्ड गर्ने भुटानका कान्टे मुसालाई रेफ्री श्याम दनुवारले रेड कार्ड दिएपछि मैदान बाहिरिए । निर्णायक खोल गर्ने एपीएफका अरमान्द्र बेडम म्यान अफ द म्याच घोषित भए । 
खेल अवधिभर दुवै टिमले थुप्रै गोल गर्ने सुन्दर अवसर खेर फेलेका थिए ।
७ औ मिनेटमा युवराजको  कडा प्रहार पोसमा लागेर फर्कियो । त्यसलगैत बुद्धिमान राईको प्रहार पोसमाथिबाट बाहिरदा थप गोल गर्ने अवसर खेर गयो । १० औँ मिनेटमा एपीएफका अरमान बेदमले पेनाल्टी एरियाबाट गरेको हेड बाहिरियो ।
१३ औ मिनेटमा एलीहोसा एलियुले कर्नरबाट आएको बल डिबक्स भित्रबाट गरेको हेड पोसमाथिबाट गएर बाहिरियो । १९ औ मिनेटमा एपीएफका बुद्धिमान राईका कडा प्रहार भुटानका गोलकिपर हरि गुरुङले उत्कृष्ट बचाए ।
२४ मिनेटमा एपीएफका बुद्धमान राईले निकालेको क्रस पास अरमन बेढुमले गरेको प्रहार पोसमा लागेर बाहिरियो । २८ औँ मिनेटमा एपीएफका हरि कार्कीले निकालिदिएको लामो क्रस पासलाई अरमन्दले डिबक्स भित्र बल नियन्त्रण गर्न नसक्दा थप अग्रता लिन चुके ।
४२ औँ मिनेटमा मिनेटमा एपीएफका सरनसिंह बस्नेतले वन भर्सेस वनको अवसर गुमाएका थिए । युवराज खड्काको क्रसमा सरनसिंह सम्हालिन नसक्दा भुटानका गोलरक्षक गुरूङ्गले उत्कृष्ट बचाउ गरेका थिए । त्यसलगतै किपरसमेत बिट भइसकेको अवस्थामा बिकु तामाङको प्रहार विफल भयो । ४७ औँ मिनेटमा बिपन श्रेष्ठको क्रसमा बिकु तामाङ्ग डिबक्स भित्रबाट गरेको सशक्त प्रहार भुटनाका गोलरक्षकले विफल पारेका थिए ।
खेलको ५६ औँ मिनेटमा एपीएफका विपिन श्रेष्ठ ३० यार्डदेखि गरेको प्रहार बाहिरियो । खेलको ५८  औँ मिनेटमा एपीएफका बुद्धिमान राईले निकालेको पास डिबक्स भित्रबाट युवराज खड्काले किलियर गर्न नसक्दा थप गोल गर्ने अवसर खेर गयो ।
८४ औँ मिनेटमा युवराज खड्काले डिफेन्डरलाई क्रस गरेर निकालेको बल अर्मन्दले पेनाल्टी एरियाबाट गरेको प्रहारले पोष्टको दिसा नलिँदा गोलको अवसर चुकेको थियो ।
दोस्रो हाफदेखि भुटानले पाएको आधा दर्जन बढी अवसर खेर फाल्दा पाहुना टोली प्रतियोगितादेखि बाहिरिन  बाध्य भयो । खेलको ८५ औँ मिनेटमा भुटानका फोफोनाले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरिदिए । त्यसलगतै भुटानका साहिदले डिबक्स एरियादेखि गरेको वानटच बल एपीएफका गोल रक्षक नगरकोटीले उत्कृष्ट बचाउँदा गरिँदा गोल हुनबाट चुक्यो ।
जितपछि प्रतिक्रिया दिँदै सशस्त्र प्रहरीका प्रशिक्षक रतनराज महर्जनले खेलाडीहरूको मेहनतको कारणले पाहुना टिमलाई हराएको बताए । ‘जित निकाल्न सङ्घर्षपूर्ण रह्यो,’ उनले भने, ‘आएको अवसर निर्धारित समयमै सदुपयोग गर्न नसक्दा अतिरिक्त समय कुर्नुपर्‍यो ।’
यता भुटानका प्रशिक्षक डिर्जेले नयाँ खेलाडी र नयाँ ठाउँ भएको कारणले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार भएको बताए ।