वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले सात जना पूर्व खेलाडीहरूलाई सम्मान गरेको छ ।
नगर खेलकुद विकास समितिले आयोजना गरेको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको समापन कार्यक्रम पूर्व खेलाडीहरूलाई सम्मान गरिएको हो ।
खेलकुदको माध्यमबाट नगरपालिकालाई चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका र खेलकुदको विकासमा लागि परेका वडा नं ७ का विनोद लिम्बू , वडा नं १० का  किरण मगर, वडा नं ६ का ईशवर कार्की, वडा नं १ नवीन सुब्बा, वडा नं.९ बुद्धनारायण चौधरी र वडा नं ५ का टङ्क बस्नेत सम्मान पत्रले सम्मानित गरिएको हो ।