धरान : चीनको विशेष प्रशासनिक क्षेत्र हङकङले करिब १८ वर्षपछि नेपालीहरूका लागि भिसा खुलाएको छ ।
अक्टोबर २५ अर्थात् यसै हप्ताको बुधवार हङकङ सरकारले नेपालीसँगै भियतनाम र लाओसका लागि पनि भिसा खुलाएको हो ।
सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो । बुधवार हङकङका प्रमुख जोन लीले भिसा नीति खुकुलो बनाइएको घोषणा गरेको सिन्ह्वाले जनाएको छ ।
अब नेपाली प्रतिभाहरूका लागि हङकङमा रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बन्नेछ । लीका अनुसार भियतनाम, लाओस र नेपालका प्रतिभाहरूलाई आकर्षित गर्न भिसा नीति खुकुलो बनाइएको हो ।