धरान : पूर्व खेलाडीहरूको भेट्रान  फुटबल टिम, धरान-१८ लाई वडा कार्यालयले खेलकुदको जर्सी प्रदान गरेको छ ।

धरान-१८ वडा कार्यालयमा आज शुक्रवार आयोजित कार्यक्रमका बिच धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राईले भेट्रान फुटबल टिमका खेलाडीहरूलाई जर्सी हस्तान्तरण गरेका हुन । उक्त अवसरमा प्रमुख अतिथि निवर्तमान मेयर राईले फुटबलका पूर्व खेलाडीहरू धरानको प्रतिष्ठा भएको बताए ।

खेलाडीहरूलाई प्रदान गरिएको जर्सी करिब २० हजार रुपैयाँ बराबरको रहेको वडा अध्यक्ष प्रवीण राईले बताए । धरान भेट्रान क्लब धरान-१७ को आयोजनामा कार्तिक १४ गते देखि धरानमा अन्तर वडा भेट्रना फुटबल सुरु भएको छ ।

प्रतियोगितामा वडाको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेका खेलाडीहरूलाई जर्सी प्रदान गरिएको हो । टिममा सन्तोष विक व्यवस्थापक, प्रबल बान्तवा प्रशिक्षक, कुमार गुरुङ टिम क्याप्टेन, जनकराज सुनुवार गोलकिपर, सुमन गुरुङ, हेमकुमार गुरुङ, दीपेन्द्र राई, शिवकुमार राई, भोला चौधरी, प्रभानन्द चौधरी, जितचन्द्र सुनुवार, भगिराज राई, देवेन्द्र खड्का र पूर्व मेयर तिलक राई छन् ।

उक्त अवसरमा भागि टिमलाई वडाध्यक्ष प्रवीण राई र वडा सदस्य जमुना त्रिखत्री मोक्तानले जितको लागि वडा कार्यालयको तर्फबाट शुभकामना दिएका थिए ।