धरान : धरानको खानेपानी समस्या समाधान गर्ने जिम्मेवारी निजी क्षेत्रलाई दिन उद्योगी नविल रिजालले प्रस्ताव गरेका छन् ।
सुनसरी उद्योग वाणिज्य सङ्घको साधारण सभामा सम्बोधन गर्दै उनले निजी क्षेत्रले खानेपानीको नेतृत्व गरे दीर्घकालीन समाधान हुने बताए ।
उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य रिजालले सरकारले चलाउँदा घाटामा पुगेका परियोजना निजी क्षेत्रले नाफामा पुर्‍याएको स्मरण गराए ।
निजी क्षेत्रलाई विश्वास गर्न सके धरानमा औधोगिकिकरणको विकास व्यापक हुने धारणा राखे । सरकारलाई पुँजीगत बजेट बढाउन आह्वान गर्दै जनताको गोजीमा पैसा भर्ने काम गर्नुपर्ने  भनाइ राखे ।
रिजालले सम्बोधन गर्नुभन्दा अगाडि पूर्व मेयर तिलक राईले खानेपानी समस्या समाधान बारे टिप्पणी गरे । वर्तमान मेयर हर्क साम्पाङले खानेपानी समस्या समाधानमा प्रगति नगरेको उनको भनाइ छ ।