वराहक्षेत्र : २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी क्षेत्र नं ४ वाट राष्ट्रिय रास्वपा पार्टीको तर्फबाट उमेद्वार बनी ३ हजार १ सय ८१ मत प्राप्त गर्दै चोथो बनेका राष्ट्रिय रास्वपा पार्टी जिल्ला कार्य समिति सुनसरीका पूर्व सभापति जीवन कुमार श्रेष्ठले स्थानीय एक सहकारीको सञ्चालक समितिको सदस्य पदमा कुल २ मत प्राप्त गरेका छन् ।

वराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स्थित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वडा नं २ भुगौल ( शेयर सदस्य ) तर्फबाट सदस्य मतमा उमेद्वार बनेका श्रेष्ठले २ मत प्राप्त गरेका हुन् । शनिवार सम्पन्न निर्वाचनमा १ सय मत खसेकोमा उनले २ मत प्राप्त गरेका छन् ।

निर्वाचन समितिका संयोजक हरिकृष्ण भट्टराईका अनुसार १ जना सदस्य पदमा र १ जना लेखा संयोजक पदका लागि मत कालागि निर्वाचन कार्य तालिका रहेको थियो । १ सञ्चालक समिति सदस्य चाहिएकामा ४ जनाले मनोनयन दर्ता गरेका थिए । जसमा मीनबहादुर बानियाले ६८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

त्यस्तै उद्धव घिमिरेले १६ मत , भरत कुमार शाक्यले १३ मत , जीवन कुमार श्रेष्ठले २ मत र १ मत बदर भएको थियो । लेखा संयोजक पदमा ज्ञान बहादुर पाण्डे सर्वसम्मत रूपमा चयन भएका छन् । प्रस्तावक वा समर्थकको समेत मत प्राप्त गर्न नसकेका जीवन सोही चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका पूर्व कर्मचारी समेत हुन् ।

उनी राष्ट्रिय रास्वपा पार्टीका तर्फबाट सुनसरी क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा समेत रहेका छन् ।

२०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी क्षेत्र नं ४ वाट राष्ट्रिय रास्वपा पार्टीको तर्फबाट उमेद्वार समेत बनेका जीवनले ३ हजार १ सय ८१ मत प्राप्त गर्दै चोथो बनेका थिए ।