धरान : धरान भेट्रान फुटबल क्लबको आयोजनामा भोलि चैत २९ देखि वैशाख ९ सम्म तेस्रो धरान भेट्रान विक्रम राई स्मृति फुटबल प्रतियोगिता हुने भएको छ।
धरान-१६ स्थित धरान रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लब सहभागी हुनेछन् । प्रतियोगिता फुटबल खेलाडी स्वर्गीय विक्रम राई स्मृतिमा हुन आयोजना गरिएको हो । 
सहभागी टिमहरूमा धरान भेट्रान फुटबल क्लब, हाम्रो धरान भेट्रान फुटबल क्लब, हाम्रो भेट्रान फुटबल क्लब इटहरी, युनाइटेड भेट्रान फुटबल क्लब विराटनगर, काँकडभिट्टा भेट्रान फुटबल क्लब झापा रहेका छन् ।
यस्तै भरौल भेट्रान क्लब, बिर्तामोड भेट्रान क्लब, दमक लखन भेट्रान, एभरेष्ट भेट्रान मोरङ, उर्लाबारी भेट्रान क्लब मोरङ, कन्काई भेट्रान क्लब सुरुङगा, धुलाबारी भेट्रान क्लब प्रतियोगितामा सहभागी हुनेछन् । 
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार र दोस्रो पुरस्कार ५१ हजार रहेको छ । प्रतियोगितामा ९ वटा व्यक्तिगत विद्या सहित म्यान अफ द म्याचलाई नगद पुरस्कार सहित ट्रफी र मेडल प्रदान गरिने भएको छ ।
भेट्रान फुटबल प्रतियोगितामा ४० कटेका ख्याति प्राप्त राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रसिद्ध भेट्रान खेलाडीहरू मैदानमा उत्रिने हाम्रो धरान भेट्रन फुटबल क्लबका अध्यक्ष रोमी मोक्तानले बताए । 
उनका अनुसार फुटबल खेलप्रति सकारात्मक सन्देश दिन प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिता स्थानिय सरकारी, गैरसरकारी संस्थाहरूको सहकार्य सञ्चालन हुने उनले बताए ।