धरान : एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले धरानको पुतली लाइनमा २२औँ शाखा सञ्चालनमा ल्याएको छ ।

उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले धरानमा २२औँ शाखा सञ्चालनमा ल्याएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान रहिसकेका नेपाल क्रिकेट सङ्घका सचिव एवम् एक्सपर्ट एजुकेसनका ब्रान्ड एम्बास्डर पारस खड्काले धरान शाखाको उद्घाटन गरेको हुन ।

उद्घाटन कार्यक्रममा बोल्दै ब्रान्ड एम्बास्डर पारस खड्काले एक्सपर्टको ट्र्याक रेकर्ड राम्रो रहेको बताउँदै विगत ७ वर्ष देखि यस संस्था सँग आबद्ध भएर कार्य गरिरहेको बताए ।

स्वदेश तथा विदेश जता बसेर पनि देशको सेवा गर्न सकिने बताउँदै उनले अध्ययन पछि देशको विकासमा योगदान पुर्‍याउन आग्रह गरे ।

प्रमुख अतिथि समेत रहेका धरान उपमहानगरपालीकका उपमेयर अइन्द्र विक्रम बेघाले धरानमा व्यवसाय गर्न आउनु खुसीको कुरा भएको बताउँदै देश विकासमा साना ठुला सबै व्यापारी व्यवसायीको योगदान रहेको बताए ।

कार्यक्रममा सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, उद्योग सचिव अशोक जैन डागा, कार्यसमिति सदस्य विष्णु बराल, ई-क्यान पूर्वाञ्चलका अध्यक्ष रवीन्द्र निरौला, नेपाल विज्ञापन बोर्डका सदस्य पवन अधिकारी, ई-क्यान पूर्वाञ्चलका निर्वतमान अध्यक्ष प्रकाश लकान्द्री, नेका कोसी प्रदेशका पूर्व अध्यक्ष मोहन तिगेला, लगायतको उपस्थिति रहेको थियो ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट एजुकेशनको धरान शाखा नेपालमा २२औँ शाखा हो भने कोसी प्रदेशमा ५औँ शाखा हो ।

विश्वका २० वटा देशमा नेपाल सहित ६५ भन्दा बढी शाखा कार्यालयहरू सञ्चालनमा रहेको कार्यक्रम जानकारी दिइएको थियो ।

कोसी प्रदेशको बिर्तामोड, दमक, विराटनगर, इटहरीमा शाखाहरू सञ्चालनमा रहेको सञ्चालक कमल तिम्सिनाले जानकारी दिए ।

सामाजिक कार्यमा पनि सक्रिय एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको परोपकारी गतिविधिका लागि सञ्चालित संस्था एक्सपर्ट फाउन्डेसनले २ लाख अस्ट्रेलियन डलरको कोभिड सहयोग सहयोग कोष” स्थापना गरी विद्यार्थीलाई सहायता प्रदान गरेको, २०७२ को भूकम्प, गत कार्तिक महिनामा नेपालको पश्चिम क्षेत्र रोल्पा रुकुममा गएको भूकम्पमा लाखौँ रुपैयाँको सहायता प्रदान गरेको नेपालका कन्ट्रि डाइरेक्टर खेम सङ्ग्रौलाले जानकारी दिए ।

Expert dharan 2Expert dharan 3Expert education 2Expert education 4Expert education 1Expert education 3