धरान : विष्णु मेमोरियल स्कुलले विद्यार्थीहरूले गणित विषयमा गरेको विभिन्न प्रयोगात्मक अभ्यासका क्रममा बनाएका सामाग्रीहरूको प्रदर्शनी आयोजना गरेको छ ।

कक्षामा पढेर त्यसलाई प्रयोगात्मक अभ्यास गर्दा छिटो जान्न सकिन्छ भन्ने कुरातर्फ विद्यार्थीलाई अभिप्रेरित गर्न प्रदर्शनी आयोजना गरिएको हो ।

प्रदर्शनीमा कक्षा ६ देखि ९ सम्मका ७६ जना विद्यार्थीहरूको समूहले तयार गरेका गणितका प्रयोगात्मक सामाग्रीको प्रदर्शन गरिएको थियो ।

विद्यार्थीलाई व्यवहारिक ज्ञान दिनका लागि गणितको प्रदर्शनी आयोजना गरिएको प्रिन्सिपल निलम श्रेष्ठले बताएका छन् ।

गणित शिक्षक सन्जु श्रेष्ठले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिएर सिकाइलाई प्रभावकारी बनाउन अभ्यासको क्रममा बनाइएका सामाग्रीहरू प्रदर्शनीमा राखिएको बताइन् ।

सैद्धान्तिक रूपमा अध्यक्ष गर्दा बुझ्नको लागि धेरै समय मेहनत गर्नुपर्ने र बुझ्न समय लाग्ने हुन्छ तर यसरी व्यवहारिक रूपमा सामाग्री तयार गर्दा सिक्न सजिलो हुने उनको भनाई छ ।

bishnu memorial 2