वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकाको ११ वटै वडामा वृहत् सरसफाइ कार्यक्रम आयोजना भएको छ ।
संविधान दिवसको अवसरमा नगरपालिकाले तय गरेको ३ दिवसीय कार्यक्रम अन्तर्गत बुधवार बिहान ११ वटै वडा र नगरपालिकाको कार्यालयमा वृहत् सरसफाइ कार्यक्रम आयोजना भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले जानकारी दिए ।
नगरपालिकाले असोज २ देखि ४ गते विभिन्न कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने निर्णय गरेको थियो । सोही अनुसार बुधवार बिहान  पहिलो कार्यक्रमको रूपमा वडाध्यक्षहरूको संयोजकत्वमा वडाहरूमा वृहत् सरसफाइ कार्यक्रम आयोजना भएको हो  ।
वडा नं. १ ले सुर्यकुण्ड क्षेत्र, वडा नं. २ ले बयरबन बजार क्षेत्र, वडा नं. ३ ले नडाहा-लक्ष्मीपुर क्षेत्र, वडा नं. ४ ले कार्यालय परिसर, वडा नं. ५ ले कलाबञ्जर क्षेत्र, वडा नं. ६ ले चक्रघट्टि बजार क्षेत्र, वडा नं. ७ ले ढिगझोडा क्षेत्र त्यस्तै वडा नं. ८ ले कार्यालय परिसर, वडा नं. ९ ले राजाबास क्षेत्र, वडा नं. १० ले प्रकाशपुर बजार र वडा नं. ११ ले मधुवन बजार क्षेत्रमा त्यस्तै नगरपालिकाले कार्यालय परिसरमा सरसफाइ कार्यक्रमको आयोजना भएको थियो ।वडाध्यक्षहरूको संयोजकत्वमा आयोजना भएको सरसफाइ कार्यक्रम नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल सहित स्थानीय क्रियाशील राजनैतिक दलका पदाधिकारीहरू, जनप्रतिनिधिहरू, सम्पूर्ण सङ्घ संस्थाका पदाधिकारीहरू, पूर्वजनप्रतिनिधिहरू, व्यापारी, युवा, उद्योगी, समाजसेवी, शिक्षक, विद्यार्थी, पत्रकार, बुद्बिजिबि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, कर्मचारी, सहयोगी तथा सहयोगीहरूको सहभागिता रहेको थियो ।
संविधान दिवसको अवसरमा नगरपालिकाले तय गरेको कार्यक्रम अनुसार बुधवार नै महिला जनप्रतिनिधिहरू र महिला कर्मचारीहरू बिच लोक दोहोरी प्रतियोगिता, साँझ दीपावली, बिहीबार बिहान सांस्कृतिक झाँकी सहितको प्रभातफेरी, दिउँसो पुरुष जनप्रतिनिधि र पुरुष कर्मचारीहरू बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता, साँझ दीपावली, शुक्रवार बिहान नगरपालिकाको कार्यालयमा बृहत् रक्तदान, नगर स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिर जवाफ प्रतियोगिता र साँझ दीपावली गर्न कार्यक्रम रहेको छ ।
sarsaphi1 1