धरान : संविधान दिवसको अवसरमा कोशी प्रदेश सरकारद्वारा बिहीबार आयोजित आयोजित निबन्ध प्रतियोगितामा धरान स्थित विष्णु मोमोरियल माध्यमिक विद्यालयका छात्र सामुयल कोइराला प्रथम भएका छन् ।

प्रतियोगितामा कोशी प्रदेशको विद्यालयहरूका कक्षा ९ देखी स्नातक तह सम्मका विद्यार्थीहरू बिच प्रतिस्पर्धा भएको थियो । साम्युएल विष्णु स्कुलका कक्षा ९ का छात्र हुन । उनले प्रथम स्थान हासिल गरी नगद पुरस्कार २० हजार प्राप्त गरेका छन् ।

प्रतियोगिता कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको हो । निबन्धको विषय ‘नेपालको संविधान र सङ्घीयता कार्यान्वयनमा प्रदेशको भूमिका’ रहेको थियो । अधिकतम १००० शब्दको निबन्ध नेपाली भाषामा लेख्नु पर्ने थियो ।

प्रतियोगिताका सम्पर्क अधिकृत सदानन्द भट्टराईका अनुसार प्रतियोगितामा द्वितीय स्थान झापाको मोहनमाया मावि बिर्तामोडकी छात्रा दीप्ति सुवेदीले प्राप्त गरिन् । तृतीय स्थान उदयपुरको जनता मावि त्रियुगाका छात्र आश्विन काफ्लेले हासिल गरे ।

प्रतियोगितामा सान्त्वना पुरस्कार प्राप्त गर्ने विद्यालयहरूमा जनता बहुमुखी क्याम्पस इटहरीका छात्र लक्ष्मण दुलाल, महेन्द्र मावि वराहक्षेत्रका छात्र आर्यन निरौला, खुम्जुङ्ग मावि सोलुखुम्बुकी छात्रा छिरिङ्ग हिङ्गमा शेर्पा छन् ।

विजेता विद्यार्थीहरूलाई कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग, मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा आयोजित संविधान दिवस समारोहमा पुरस्कार प्रदान गरेको थिए ।

द्वितीय र तृतीय नगद पुरस्कार क्रमशः १५ हजार र १० हजार तथा सान्त्वना पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको हो । पुरस्कृत निबन्धहरूलाई कोशी प्रदेश सरकारको जर्नलमा प्रकाशन गरिने बताइएको छ ।

विद्यालयले शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रथम पुरस्कार विजेता विद्यार्थी र उनका अभिभावकलाई सम्मान गरेको छ ।

Pradesh niwandha