वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका र भोक्राह नर्सिङ गाउँपालिकाका सामुदायिक विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षकहरू, बिद्यार्थीहरुलाई विपद् जोखिम न्यूनीकरण तालिम आयोजना गरिएको छ ।

वराहक्षेत्र नगरपालिकासँगको समन्वयमा विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा राष्ट्रिय वातावरण तथा सम विकास (निड्स ) नेपालको प्राविधिक सहयोगमा उक्त तालिम आयोजना गरिएको हो ।

आइतबारबाट सुरु तालिम २ दिनसम्म आयोजना हुनेछ । पूर्वानुमानमा आधारित अग्रिम कार्य परियोजना अन्तर्गत विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरण तालिम आयोजना गरिएको यस तालिम मा

पाठ्यक्रममा विपद् व्यवस्थापन , पूर्वानुमान र पुर्वतयारी विषयलाई प्राथमिकता दिइने भएको छ । तालिममा निड्स नेपालका परियोजना संयोजक ई.दीपेन्द्र बहादुर सिंह, डा.देव मानन्धर र पाठ्यक्रम विकास केन्द्र निर्देशक दिनानाथ गौतमले सहजीकरण गर्नु हुनेछ।

नगरपालिकाको सभा हलमा आयोजना भएको उद्घाटन समारोहमा नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल , विश्व खाद्य कार्यक्रमका कोशी प्रदेश संयोजक लक्ष्मी नारायण चौधरी, निड्स नेपालका परियोजना संयोजक दीपेन्द्र बहादुर सिंह, पाठ्यक्रम विकास केन्द्र निर्देशक दिनानाथ गौतम लगायत नगरपालिकाका कर्मचारीहरू , वराहक्षेत्र नगरपालिका र भोक्राह नर्सिङ गाउँपालिकाका सामुदायिक विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षकहरू, बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।