धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. स्मृति कार्की नियुक्त भएकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णयअनुसार डा कार्कीलाई बिहीबार प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरिएको हो।
डा.कार्की प्रतिष्ठानको प्याथोलोजी विभागकी प्राध्यापक हुन्। उनी यसअघि प्रतिष्ठानको कार्यकारी परिषद् सदस्य थिइन् । उपकुलपति नियुक्त भएपछि लामो नेतृत्वको प्रतीक्षामा रहेको प्रतिष्ठानले स्थायी नेतृत्व पाएको छ। 
बिपी प्रतिष्ठानमा पछिल्लो समय सुधारका विभिन्न पहलहरू अघि बढिरहेका बेला डा .कार्कीको नियुक्तिलाई संस्थागत सुशासन र दीर्घकालीन विकासका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।