धरान : पाथीभरा मुक्कुमलुङमा निर्माणधिन केबलकारको विरोध गर्दै आज मंगलवार धरानमा इलाका प्रसाशन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र प्रेषित गरेको छ ।

कोशी प्रदेशको ९ जिल्ला लिम्बुवानका जिल्ला स्तरिय अन्तरदलीय संघर्ष समितिले पहिला चरणको आन्दोलनको कार्यक्रम अनुसार जिल्ल प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएका हुन ।

ज्ञापनपत्रमा ताप्लेजुङ स्थित पाथीभरा मुक्कुमलुङ क्षेत्र लिम्बु रयाक्थुङ समुदायको मुन्धुमी, सांस्कृतिक तथा आध्यात्मिक पवित्र स्थल भएकाले यसको संरक्षण गर्नुपर्ने मागसहित निर्माणाधीन पाथीभरा केबलकार परियोजना खारेजीको माग गरिएको  छ ।

निर्माणाधीन केबलकार परियोजना अवैध रूपमा अघि बढाइएको ज्ञापनपत्रमा आरोप लगाइएको छ । केबलकार निर्माणले वातावरणीय असर, सांस्कृतिक हस्तक्षेप तथा स्थानीय समुदायको अधिकारमाथि गम्भीर प्रभाव पार्ने दाबी गरिएको छ ।